June 5th, 2017
र्खेत, १५ चैत । सुर्खेत उद्योग वाणिज्य संघको अवधारणाअनुसार सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रलाई आजदेखि सीसी क्यामेराको निगरानीमा राख्न शुरु गरिएको छ । वीरेन्द्रनगरका मुख्य प्रवेश नाका तथा मुख्य चौक र बजार क्षेत्रमा गरी कूल ४२ वटा सीसी क्यामेरा जडान गर्ने योजनामध्ये हाल विभिन्न ठाउँमा ३१ वटा सीसी क्यामेरा सफलतापूर्वक जडान गरी निगरानी शुरु गरिएको हो ।
 
फोर लेनलगायत विभिन्न पूर्वाधार निर्माणका कारण हाल केहि ठाउँमा सीसी क्यामेरा जडान कार्य थाँती राखिएको छ । यस्तै क्यामेरा ३ मेगापिक्सेल तथा हाइ डेफिनेशन (एचडी) क्वालिटीका रहेका छन्, भने रातीको समयमापनि ९० मिटर टाढासम्मको दृश्यलाई सहज रुपले रेकर्ड गर्न सक्नेछन । सम्पूर्ण सीसी क्यामेराको निगरानी तथा नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमार्फत गरिने बताइएको छ । वीरेन्द्रनगरको सुरक्षाका लागि सीसी क्यामेरा जडान गर्ने कार्यमा वीरेन्द्रनगर नगरपालिकाले ९ लाख, सुर्खेत उद्योग वाणिज्य संघले ५ लाख तथा सुर्खेतस्थित विभिन्न बैंकहरुले संस्थागत रुपमा १०-१० हजारका दरले हालसम्म १ लाख रुपैयाँ प्रदान गरेका थिए। ‘बाँकी बैंकहरुबाट पनि प्रतिवद्धता बमोजिमको रकम प्राप्त हुने अपेक्षा हामीले लिएका छौं ।’ सीसी क्यामेराको नियमित मर्मत सम्भारका लागि वीरेन्द्रनगर नगरपालिकाले वार्षिक रुपमा व्यवसाय करवापत संकलन गर्ने कूल रकमको ५० प्रतिशत रकम उपलब्ध गराउने भएको छ ।