May 11th, 2018

कुखुरामा भ्याक्सिन प्रविधि पानीमा भ्याक्सिन दिने तरिका

March 30, 2018


डा. विवेक बन्धु रेग्मी

 

कमर्सियल ब्रोइलरलेयर्स कुखुरा साथै प्यारेन्ट कुखुरालाई स्थानीय स्तरमा भएको रोगको प्रकोप अनुसार स्थानीय भेटेरिनरी डाक्टर वा ह्याचरी कम्पनीले निर्देशन गरे बमोजिम बिभिन्न भ्याक्सिन दिनुपर्ने हुन्छ कुनैपनि जीवमा (मानिसमा समेत) भ्याक्सिन दिनुको उद्देश्य भनेको रोग विरुद्द लड्ने क्षमता वृद्दि गर्ने हो प्यारेन्ट कुखुरामा दिईने भ्याक्सिनले कुखुरा स्वयंको रोग प्रतिरोधात्मक शक्ति सक्रिय बनाउछ नै साथसाथै उक्त कुखुराका चल्लामा समेत रोग विरुद्द लड्ने शक्ति अण्डाको माध्यामबाट पुर्याउँछ (Passive Immunity)

 

भ्याक्सिनले कसरि रोगबाट बचाउँछ

भ्याक्सिनको प्रकार अनुसार भ्याक्सिनमा जीवित वा निर्जीव प्रोटिनजन्य सक्रिय तत्व हुन्छ जसलाई एन्टीजेन भनिन्छ जुन रोगको विरुद्द भ्याक्सिन दिईएको हो शरिरमा उक्त रोग विरुद्द लड्न सक्ने क्षमता पैदा गराउँछ भ्याक्सिनले एन्टीजेनले शरीरभित्र प्रवेश गरिसकेपछि रोगको